Videos

PRIME TIME NEWS_2078_02_29 – NEWS24 TV (Video)



गण्डकीमा केही गडबडी पो हुने हो कि भन्ने आशंकाले स्थान बनाएपनि अन्ततः गण्डकी प्रदेशमा विपक्षी गठबन्धनले सरकारको यात्रा सुरु गरेका छन् । प्रदेश प्रमुखको व्यवहारले शंका जन्माएपछि विपक्षी गठबन्धनका ३१ सांसद धर्नामा पनि बसे । तर संविधान अुनरुप व्यवहार भएपछि पोखरेल गण्डकी प्रदेशका दोस्रो मुख्यमन्त्री बनेका छन् । यता पाँच पूर्व प्रधानमन्त्रीले संयुक्त विज्ञप्ती जारी गर्दै सरकारले सविधानमाथिको प्रहार कायम राख्दै न्यायालयमाथि पनि दबाब बढाउन खोजेको आरोप लगाएका छन । उनीहरुले प्रधानमन्त्री ओलीले सत्तालिप्साको कुरुप स्वरुप प्रदर्शन गरेको आरोप समेत लगाएका छन् । उता नेताहरुमा देखिन थालिएको विकृत मानसिकता र गलत अभिव्यक्तिले राजनीतिमा संस्कार र सभ्यता हराउँदै गएको टिप्पणी मानवशास्त्रीहरुले गरेका छन् । यस्ता अभिव्यक्ति समाजकै लागि घातक हुनसक्ने विष्लेषण पनि उनीहरुको छ । जति कराएपनि किसानहरुले मल नपाउँने नै भए । सरकार मलको अभाव हुँदैन भन्छ तर दिन पनि सक्दैन । जस्ले गर्दा किसानहरु मनसुन प्रवेश गरिसक्दा पनि खेतवारीमा छिर्ने आँट गर्न सकेका छैनन । योसंगसंगै संक्रमण मुक्त भएका संक्रमितहरुमा देखिने गरेको पोष्ट कोभिडले ल्याउन सक्ने खतरा र त्यसप्रति सचेत हुनुपर्ने अवस्था आएको समाचार पनि आजको बुलेटिनको महत्वमा छन् ।

प्राइमटाइम न्यूजका हेड्लाइन्स

१.गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र सिंह नेपाली पोखरेल नियुक्त, गण्डकीवासीलाई खोप उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राख्ने पोखरेलको भनाइ ।

२.प्रधानमन्त्री ओलीले एकपछि अर्को गर्दै संविधानमाथि प्रहार गर्ने काम भइरहेको पाँच पूर्व प्रधानमन्त्रीको आरोप, ओलीद्धारा गणतन्त्र र कानूनको शासनमाथि नै घात ।

३.नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति स¥यो, भदौँ १६ देखि १९ सम्म गर्ने कांग्रेस पदाधिकारी बैठकको निर्णय ।

४.नेताहरुले व्यक्त गर्ने विवादास्पद अभिव्यक्ति आवेग र कुण्ठाको परिणाम भएको मनोचिकित्सकहरुको ठम्याई, राजनीतिमा शिष्टता र सभ्यता भने हराउँदै गएको मानवशास्त्रीहरुको ठहर ।

५.र, सरकारी गोदाममा रहेको रसायनिक मलको मौज्दात घट्यो, रसायनिक मल अभाव नहुने सरकारी दावी पछि पनि देशभरका किसानहरु मल अभावको मारमा ।

SUBSCRIBE:
http://www.youtube.com/user/news24tvchannel
https://www.instagram.com/nbcnepal/
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PrimeTimeNews

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker