Videos

PRIME TIME 8 PM NEWS_2077_12_29 – NEWS24 TV (Video)



कोरोना महामारीको त्रासले समग्र मुलुकलाई फेरि गाँजेको छ । देशभित्र संक्रमित बढ्दै गर्दा सीमानाकाबाट आउने आफ्नैहरुसंग पनि डराउनु पर्ने भएको छ । सरकारले लकडाउनको चेतावनी दिनु भन्दा संक्रमण फैलन नदिन प्रभावकारी उपाय लागू गर्नु पर्ने हो । तर सबैतिर खुकुलो छ , संक्रमणलाई रोक्ने संयन्त्र पनि सबै भुत्ते । त्यसैले जनता आफै सजग र सचेत बन्नु भन्दा अर्को विकल्प छैन । यता देशको राजनीतिलाई भने कोरोनाको कुनै पिर छैन । अझ दलहरु आआफ्नै दाउपेचमा छन् । संसदमा भरसक अर्को दलका सांसदहरु कसरी चोर्ने भन्ने प्रवृति बढ्दा मधेस केन्द्रित दलहरु कता लाग्ने अmभैm टुंगोमा पुग्न सकेको छैन । अनि काठमाडौंको शिवपुरीको जंगलमा आगो लाग्दा उघ्रिएको मौसम खुलेकोमा हर्षित बन्नेहरु फेरि तर्सिएका छन् । योसंगसंगै ओस्कार अवार्ड विजेता टाइटानिक चलचित्रमा देखाइएको पीडाको अर्को कथा पनि आजको बुलेटिनमा महत्वका साथ समेटेका छौ ।

प्राइम टाइम न्यूजका हेड्लाइन्स ।

१. विशु पर्व मनाउन स्वदेश फर्किनकोे लर्काे, कोरोना संक्रमण जोखिम बढ्न सक्ने खतरा,गड्डाचौकीमा चेकजाँच पनि प्रभावकारी बन्न सकेन ।

२. कोरोनाको दोस्रो लहर बढेसँगै गम्भीर विरामीको संख्यामा पनि बृद्धि, आइसीयूमा ८९ जना रहँदा भेन्टिलेटरमा १५ संक्रमित ।

३.सत्ता समीकरणमा जसपाका नेताहरुबीच मतभेद, एउटा समूह प्रधानमन्त्री ओलीको निरन्तरतामा रहँदा अर्को समूह नयाँ सत्ता समीकरणको पक्षमा ।

४. चार स्थान रिक्त रहँदा प्रतिनिधिसभामा हाल २ सय ७१ सांसद कायम, सत्ता समीकरणको जोडघटाउमा निलम्बितसहित २ सय ७१ सांसद् गणना हुने ।

५.र, काठमाडौंको शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा भिषण आगलागी, हेलिकप्टरसहित सुरक्षाकर्मी तथा स्थानियको प्रयासमा आगो नियन्त्रणमा ।।

SUBSCRIBE:
http://www.youtube.com/user/news24tvchannel
https://www.instagram.com/nbcnepal/
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PrimeTimeNews

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker