Videos

PRIME TIME 8 PM NEWS_2077_11_23 – NEWS24 TV (Video)



सर्बोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गरेपछि सरकारले आदेशमा भनेको १३ दिन भित्र संसद वैठक बोलायो । तर संसद बैठक बसेकै दिन सर्बोच्च अदालतले अर्को आदेश दियो – जुन आदेशले सरकार मात्र नभइ नेकपाको एकता नै धरापमा परेको छ । नेकपा पार्टीको आधिकारिकतबाारे आदेश दिदै सर्वोच्चले पूर्व एमाले र पूर्व नेकपा माओवादी जोडिएर बनेको नेकपालाई बैधानिक मानने । उनीहरुलाई पूर्वअवस्थामा फर्काइदिएको छ आदेशले । प्रतिनिधिसभा बैठक सुरु हुन केही बेर अघि मात्र आएको यो आदेशले नेकपा ओली समूहमा हर्षको सञ्चार गराउँदा नेकपा प्रचण्ड – नेपाल समूहमा भने निराशा छाएको छ । अब अब के हुन्छ त यो आदेश पछि भने सबैतिर प्रश्न मात्र छाएको छैन , सबैतिर संकट समेत छाएको छ । दलहरुको मनपरिलाई अंकुश लगाउँदै आएको सर्वोच्च एक पछि अर्को आदेशले राजनीतिलाई भने थप जटिल बनाउन थालेको छ ।

प्राइम टाइम न्युजका हेडलाइन्स ।
¬
१. पुर्नस्थापित प्रतिनिधिसभाको पहिलो दिनको बैठकमा नै गञ्जागोल, प्रचण्ड– नेपाल पक्षद्वारा वहिष्कार, काँग्रेस र जसपाद्वारा अवरोध,बैठक २६गतेसम्मका लागि स्थगित

२ नेकपा आधिकारिताबारे सर्वोच्च अदालतको आदेशपछि राजनीति नयाँ मोडमा , पूर्व एमाले र पूर्व नेकपा माओवादीबीचको एकता नै धरापमा ।

३ सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने प्रधानमन्त्री ओलीको भनाइ , नेकपा आधिकारिकता विवादबारे सर्वोच्चको आदेश मान्ने र कार्यान्वयन गर्ने दृढता ।

४. दलसम्बन्धी सर्बोच्च अदालतको आदेश निर्ण बेठिक समयमा आएको देव गुरुङको तर्क, पूर्व एमाले र पूर्व माओवादी यथास्थानमा गयो भन्न नमिल्ने दावी

५. र, एउटै योजनाबाट ८ लाख कमिशन लिएका धनुषाका बटेश्वर गाँउपालिकाका अध्यक्ष अझै भेटिएनन, कमिशन अख्तियारको छापा टोली अघि फ्यालेर अध्यक्ष बने फरार ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker