Uncategorized

Press Release

प्रेस विज्ञप्ती
देशकै सवैभन्दा ठुलो शैक्षिक संस्था पृथ्वी नारायण क्याम्पस त्रिभुवन विश्वविद्यालयको निर्णय बमोजिम स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा जुटिरहेको छ । नेपाली विद्यार्थी आन्दोलनको नेता संगठन अनेरास्वीयुले २४ औं पटक सम्म स्वतन्त्र विद्यार्थी युनियनमा आफ्नो रक्त रञ्जित भण्डा फहराउने निश्चित भए पछि प्रतिपक्ष संगठनहरु तिल्मील्याएका छन् । उपत्यकाका कतिपय क्याम्पसमा निर्वाचन कार्यलयमा ताला लागेका कारण अखिल क्रान्तिकारीले गरेको करोडौको भर्ना वालुवामा पानी हुने सम्भावना देखेपछि देशैभरि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन नदिने षडयन्त्रको तानावाना वुनिरहेका छन् । मिति २०७०÷०२÷१२ गते विहान अनेरास्वियुका विद्यार्थीहरुले क्याम्पस प्रशासनको अनुमतिमा विद्यार्थीहरुको भर्ना फईल चेक जाँच गरिरहेको वेला अखिल क्रान्तिकारीका नेता कार्यकर्ताहरुले  शैक्षिक प्रशासनवाट विद्यार्थीको भर्ना फाईल सहित करिव ५०० विद्यार्थीको परिचय पत्र कव्जामा लिएको घटना प्रति घोर आपत्ति व्यक्त गर्दछौ । साथै विभिन्न वहानामा फरक विचार राख्ने कर्मचारीहरुमाथि व्यक्तिगत आरोप प्रत्यारोप गर्ने, धम्क्याउने तथा गाली गलैच गर्ने जस्ता गतिविधि तत्काल वन्द गरी कर्मचारीहरुले निर्धक्कका साथ काम गर्ने वातावरण निर्माण गर्नका लागी सवै पक्षसँग अनुरोध गर्दछौ । 
निर्वाचन विथोल्ने कुनियतका साथ जफत गरिएका सम्पुर्ण प्रशासनका कागजात तथा विद्यार्थी परिचय पत्र तत्काल फिर्ता गराउन क्याम्पस प्रशासन निर्वाचन आयोग समक्ष जोरदार माग गर्दछौ । अन्यथा हजारौं विद्यार्थीको आस्थाको रक्षाको निम्ति स्वस्छ शान्त र मर्यादित वातावरणमा निर्धारित समयमानै चुनाव गराउनका निम्ति जस्तो सुकै मुल्य चुकाउन पछि पर्ने छैनौ ।  
हार्दिक अभिवादन सहित !
आशिर्वाद सुवेदी 
   अध्यक्ष 
                                                

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker