LekhnathNepal NewsNepali News (नेपाली)NewsSports

पचभैयामा वडास्तरीय भलिबल प्रतियोगिता हुने

पचभैयामा वडास्तरीय भलिबल प्रतियोगिता हुने

लेखनाथ, ०२ बैशाख
पर्यटकिय पोखराको एक प्रमूख गन्तव्यका रुपमा रहेको यस पोखरा–३१, पचभैयामा प्रथम वडास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । पचभैया प्रगतीशील युवा मञ्चको आयोजना तथा पोखरा महानगरपालिका वडा नंम्बर ३१ कोे संयोजनमा आगामी बिहीबारदेखि प्रतियोगिता हुने भएको हो । नक आउट आधारमा खेलाईने प्रतियोगिता तीन दिनसम्म चल्ने सोमबार मञ्चद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । प्रतियोगिताबारे जानकारी दिदै मञ्चका अध्यक्ष सुनिल थापाले पर्यटकिय क्षेत्रमा हुने प्रतियोगिताले खेलकुदको मात्रै नभई पचभैया क्षेत्रको पर्यटन प्रवद्र्धन र बिकासमा टेवा पुरयाउने दावी गरे ।

पोखरा महानगरका ३३ वडा र अन्य गाउँपालिकाका गरी करीब ४० टीमको सहभागिता रहने प्रतियोगिता अमरसिद्ध नमुना उच्च मावि पचभैयाको खेलमैदानमा हुनेछ । मञ्चको पहलमा आफ्नै खेलमैदान निर्माणको क्रम चलिरहेकाले त्यसको बिकासका लागि पनि प्रतियोगिताले ठुलो टेवा पुग्ने प्रतियोगिताका खेल संयोजक पुरुषोत्तम अधिकारीले सोही अवसरमा बताए । निर्माणकै क्रममा रहेको करीब १० रोपनी क्षेत्रफलमा अवस्थित उक्त मैदानमा भलिबल, बास्केटबल लगायतका अन्य खेलको कोर्ट तथा मैदानका लागि वडा कार्यालय र जिल्ला खेलकुद बिकास समितिले समेत रकम बिनियोजन गरेको पनि अधिकारीले जानकारी दिए ।

पहिलो संस्करण र मैदान निर्माण सम्पन्न नभईसकेका कारण यसपटक बिद्यालयको मैदानमा प्रतियोगिता सञ्चालन हुने भएपनि
आगामी संस्करणहरु आफ्नै खेलमैदानमा खेलाईने प्रतियोगिताका प्रचार संयोजक ऋषिकान्त पौडेलले विश्वास ब्यक्त गरे । प्रतियोगिताको उपाधी बिजेता टोलीले नगद नगद ५० हजार रुपैया , शिल्ड, मेडल र प्रमाण पत्र , उप विजेता टिमलाई नगद ३० हजार रुपैया, शिल्ड र मेडल प्रदान गरीने पनि पौडेलले जानकारी दिए । त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिफ्टर सहितका खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने बताईएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजकका रुपमा साङ्ग्रीला रीसोर्ट प्रा.लि. र सह प्रायोजकका रुपमा सह प्रायोजकमा बुद्ध पावर कम्पनि रहेको छ । प्रतियोगिताको प्रथम पुरस्कार प्रायोजक कुर्लुन्ग्खोला खानेपानी आयोजना ,पचभैया रहेको छ भने दित्तिय पुरस्कार प्रायोजकमा पचभैया सामुदायिक बन उपभोक्ता समिति,उत्कृष्ट खेलाडी पुरस्कार प्रायोजकका रुपमा सेभेनलेक्स शुद्ध पिउने पानी रहेको छ । त्यस्तै सहयोगीका रुपमा जिल्ला खेलकुद विकास समिति, विभिन्न ब्यानरदाताहरु, वडा नंम्बर ३१ मा अवस्थित संघसंस्थाहरु रहेका छन् ।

यसै गरी कुर्लुङखोला खानेपानी आयोजनका अध्यक्ष दिन नाथ ढकालले पचभैया प्राकृतिक सौन्दर्य तथा धार्मिक तथा पर्यटनको हिसाबले पचभैया ऐतिहासिक स्थाल भएको बताउँदै जति यस क्षेत्रको विकास हुनुपर्ने त्यति नभएको गुनासो गरे । पचभैयाको ऐतिहासक महत्व रहेको भन्दै ढकालले भने , “ महाभारतमा पाँच भाइ पाण्डबहरु हिमालयपर्वतमा घुम्दै फिर्दै यस क्षेत्रमा आइ देविको आराधाना गरेको जानकारी दिंदै १ वर्ष गोप्यवास गरेको माहाभारतमा स्तुति गरिएको ढकालले बताए । पन्चभैयाबाट पचभैया नामकरण भएको ढकालले बताए । 

प्रतियोगितालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका विभिन्न उपसमितीहरु समेत गठन भई सक्रिय रहेको र अहिलेसम्म मैदानलाई लोडरको सहायतामा सम्याउने , प्रचारप्रसार , टिम दर्तालगायतका कामहरु द्रुत गतिमा भईरहेको उक्त अवसरमा जानकारी दिईएको थियो । मञ्चका अध्यक्ष सुनिल थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खेल संयोजक अधिकारी, प्रचार संयोजक पौडेल, पुर्व सचिव धनबहादुर गुङले आफ्ना भनाई राखेका थिए।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker