News

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा बिनोद श्रेष्ठ विजयी

लेखनाथ २३ भदौ ।
लेखनाथ उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारण सभा तथा १४औं अधिवेशन अन्र्तगत नयाँ नेर्तत्व चयनका लागी भएकोनिर्वाचनमा बिनोद श्रेष्ठ विजयी भएका छन । उनले आफ्ना निकटतम प्रतिद्धन्दी भरतकुमार अधिकारीलाई ९४ मतले पछि पारेका हुन ।विजयी श्रेष्ठले कुल १ हजार ७ सय ११ मतमध्ये ८ सय ८१ मत प्राप्त गरेका थिए भने अधिकारीले ७ सय ८७ मत प्राप्त गरेका थिए ।

यस्तै वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्र ओझाले २ सय ८० को फराकिलो मतान्तरले उनका प्रतिष्पर्धी ऋषिराम जमरकट्टेललाई पराजितगरेका छन । ओझाले ९ सय ७० मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी जमरकट्टेलले ६ सय ९० मत प्राप्त गरेका थिए । प्रथम उपाध्यक्षमा ८सय ९६ मतका साथ उपेन्द्रराज सुवेदी(राजु) ले १ सय २२ मतले गोपिचन्द्र बाँस्तोलालाई पछि पार्दै विजयी भएका छन । बाँस्तोलाले ७सय ७४ मत प्राप्त गरेका थिए ।

संघको द्धित्तीय उपाध्यक्ष पदमा विक्रम कर्माचार्यले ६ मतको झिनो अन्तरले प्रतिष्पर्धी मेनुका श्रेष्ठलाई पराजित गरेका छन ।कर्माचार्यले ८ सय ३७ मत प्राप्त गरेका थिए भने श्रेष्ठले ८ सय ३१ मत प्राप्त गरेकी थिईन । महासचिव पदमा संघको ईतिहासमै पहिलोपटक महिला पदाधिकारी बनेर ईतिहास रचेकी जानुका अधिकारी पराजुलीले यस पटक पनि पुनः बाजी मारेकी छिन । १ सय ७७मतको फराकिलो मतको अन्तरले प्रतिद्धन्दी जिवन तिवारीलाई उनले पछि पारेकी छिन । पराजुलीले ९ सय २९ मत ल्याउँदा तिवारीले ७सय मत प्राप्त गरेका थिए ।

यस्तै उप–महासचिव पदमा भरतराज ओझाले ९ सय १२ मत ल्याउँदै भिम बहादुर सार्की (काईंला) लाई १ सय ६० मतको फराकीलोअन्तरले पछि पारेका छन । काईलाले ७ सय ५२ मत ल्याउँदा ओझाले ९ सय १२ मत ल्याएका थिए । कोषाध्यक्षमा ध्रुव बाबु भट्टराई(आई.डि.) ले ८ सय ३७ मत ल्याउँदै उनका प्रतिद्धन्दी पुष्पमणी भण्डारीलाई जम्मा २० मतको अन्तरले पराजित गरेका छन । भण्डारीले ८सय १७ मत प्राप्त गरेका थिए ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker