EventsLekhnathNepal NewsNepali News (नेपाली)

लेखनाथ जेसीजले जेसीज सप्ताह २०१९ गर्ने

लेखनाथ जेसीजले जेसीज सप्ताह २०१९ गर्ने

राजन परियार

२३ कार्तिक, लेखनाथ ।

लेखनाथ जेसीजले १८ लाखको लागतमा स्थापनाको २२ वर्ष पछि निर्माण गरेको आफनै सचिवालय भवनबाट जेसीज सप्ताह २०१९ को सुरुवात गर्ने पत्रकार सम्मेलन मार्फत उद्धघोष गरेको छ ।

लेखनाथ जेसिजले “मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” भन्दै कार्तिक २४ देखि ३० गते सम्म लेखनाथ जुनियर जेसीजको सहकार्यमा सप्ताह ब्यापी कार्यक्रम गर्न लागेको कुरा शनिवार आफनै सचिवालय भवनमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।

जेसीजको बार्षिक कार्यक्रम अनुसार सात दिनसम्म विभिन्न कार्यक्रम गर्ने तयारी रहेको कार्यसमितिका उपाध्यक्ष तथा जेसीज सप्ताह २०१९ का मुल संयोजक सुजन न्यौपानेले जानकारी गराएका हुन् ।

जेसीज सप्ताह अन्तरगत पहिलो दिन कार्तिक २४ गते सचिवालय उद्घाटन तथा सप्ताह ब्यापी कार्यक्रमको शुभारम्भ गरि गरिने कार्यक्रमको दोस्रो दिन पोखरा ३३ भरतपोखरीमा रहेको सरस्वती टिका माविका अति गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम, सप्ताहको तेस्रो दिन पोखरा २७ को तालचोकमा विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगीता, चौथो दिन तालचोक देखि बेगनासतालसम्म स्वास्थ्यका लागि दौड प्रतियोगिता, पाचौ दिन पोखरा २६ को कालिकाचोकमा खुल्ला रक्तदान कार्यक्रम, छैटौ दिन पोखरा २९ भण्डारढीकमा रहेको जनप्रकाश माविमा अभिभाकत्व तालिम गरिने छ।

सप्ताहको सातौं दिन लेखनाथ उद्योग बाणिज्य संघको सचिवालमा असल नेतृत्व र उत्प्रेरणा विषय तालिम सहित सम्मान, पुरस्कार वितरण तथा समापन कार्यक्रम रहेको छ ।

लेखनाथ जेसीजका अध्यक्ष रोशन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मुल संयोजक सुजन न्यौपाने, धन्यवाद निर्वतमान अध्यक्ष शालिकराम ओझा र कार्यक्रम संचालन महासचिव चिरञ्जीवि न्यौपानेले गरेका थिए ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker