बेगनास फिस फेस्टिबल जारी, शनिबार लाउरेको कन्सर्ट

बेगनास फिस फेस्टिबल जारी, शनिबार लाउरेको कन्सर्ट
१७ जेठ, लेखनाथ ।
बेगनासतालको ड्यामसाइडमा जारी पाँचौ संस्करणको बेगनास फिस फेस्टिबल तथा कृषि व्यापार मेलाको पाँचौ दिन शुक्रबार दर्शकहरुको बाक्लो उपस्थिती रह्यो । शुरुका एक दुई दिन खराब मौषमका कारण थोरै दर्शकहरुले अवलोकन गरेपनि त्यसपछिका दिनहरुमा अनुकुल मौषमले दर्शकहरुको चाप बढ्दै गएको छ ।
शुक्रबार करिब पाँच हजार दर्शकहरुमाझ लोकदोहोरी तर्फ राजन कार्की, पार्वती जि.सी., पारु गुरुङ, प्रदिप त्रिपाठी, शिवहरी ढुंगाना लगाएत अन्य स्थानिय कलाकारहरुले प्रस्तुति राखेका थिए भने साँझमा लाइभ कन्सर्ट तर्फ ओम गुरुङ र बबि सुनारको प्रस्तुति रहेको थियो ।
अनुकुल मौषमका कारण दिन प्रतिदिन दर्शकहरुको चाप बढे सँगै शुक्रबार करिब १००० के.जी. माछाको कारोबार भएको प्रचार प्रसार समितिका संयोजक दामोदर भक्त थापाले बताए ।
जेठ २० गते सम्म सञ्चालन हुने फेस्टिबलको छैटौँ दिन शनिबार साँझ कन्सर्ट तर्फ चर्चित र्यापर लाउरे (आशिष राना) को प्रस्तुती रहने थापाले बताए ।