Nepal NewsNepali News (नेपाली)NewsSports

प्रथम वेगनास कप: वुधवार ७ खेल सम्पन्न

प्रथम वेगनास कप: वुधवार ७ खेल सम्पन्न

प्रतियोगिताको दोश्रो खेलमा मिलनटोल क्लवले युनाइटेड युवा क्लव माथी १४ – ० को शानदार जित निकाल्दा युनाइटेड आफ्नो पहिलो खेलमै स्तब्ध वनेको छ। मिलनटोलको जितमा अनुज भण्डारीले व्यक्तिगत १२ गोल गरेका थिए। यो संगै प्रतियोगिताको उच्च गोलकर्तामा भण्डारीले आफ्नो नाम दर्ता गराएका छन्।
निकै प्रतिस्पर्धात्मक खेलमा टिम ब्रदर्सको उपहार १ गोलको माध्यम वाट पचभैया सि विजयी वनेको छ।


प्रतियोगिताको चौथो खेलमा झरना एफ सि माथी सैनिकले ४ -० को शानदार जित हासिल गर्दा आयोजक वेगनास ए ले लामागाउँ वि माथी पनि शुन्यका विरुद्ध ४ गोलले पराजित गरेको छ।
त्यस्तै जे सि आई लेखनाथलाई नयां गाउंले १ का विरुद्ध ३ गोलले पाखा लगाउंदा मेरो नेपालले नहरचोक एफ सि लाई शुन्यका विरुद्ध २ गोलले पराजित गरेको छ।
विजयी सम्पुर्ण टिम अर्को चरणमा प्रवेश गरेको प्रतियोगिता संयोजक सुरेन्द्र पुनले जानकारी दिएका छन्।

यस क्षेत्रकै सर्वाधिक पुरस्कार राशी रहेको खेलमा दर्शकको उल्लेख साथ र सहभागीता रहेको क्लवका अध्यक्ष राम वहादुर रानाभाटले वताएका छन्।
प्रतियोगिताको विजेताले रु १ लाख ५ हजार ५ सय पचपन्न सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै उपविजेताले रु ५५ हजार ५ सय पचपन्न सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ भने तेश्रो पुरस्कारमा रु १५ हजार ५ सय पचपन्न सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीले रु ८ हजार उच्च गोलकर्ताले ५ हजार, उत्कृष्ट प्लेमेकर ५ हजार, उत्कृष्ट डिफेन्स ५ हजार र उत्कृष्ट गोल रक्षकले रु ५ हजार प्राप्त गर्नेछन्। अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker