EventsLekhnathNepali News (नेपाली)News

बेगनासताल ड्यामसाइडमा पाँचौ फिस फेस्टिवल शुरु

लेखनाथलाई माछाको हवका रुपमा विकास गरिन्छ - कृषि मन्त्री थापा

लेखनाथ, जेठ १३ ।

कास्कीको बेगनासताल ड्याम साइडमा पाँचौ संस्करणको फिस फेस्टिवल सोमबार देखी शुरु भएको छ । फेस्टिवलको उद्घाटन गर्दै, गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापा मगरले लेखनाथ क्षेत्रलाई माछाको हवका रुपमा विकास गर्ने गरी प्रदेश सरकारले योजना ल्याएको उल्लेख गरे ।
मन्त्री थापा मगरले लेखनाथमा माछाका लागि जलासय प्रसस्त रहेको उल्लेख गर्दै, गण्डकी प्रदेशलाई माछामा आत्मनिर्भर हुने गरी उत्पादनमा कृषकले जोड्ने गरी आगामी बर्षमा बजेट व्यवस्था गरिने बताए । उनले कृषिका परियोजनामा मनपरि ढंगले बजेट विनियोजन नगरिएको स्पष्ट पार्दै, कृषक लक्षित कार्यक्रममा मात्रै खर्च गरिएको उल्लेख गरे । मन्त्री थापाले पर्यटन उद्योगको मेरुदण्ड कृषि भएकाले कृषि उपजको बजारीकरणका लागि होटल व्यवसायीले खरिद गरेर प्रवद्र्धन गर्नु पर्नेमा जोड दिए । मन्त्री थापा मगरले कृषकलाई प्रोत्साहन गर्नका लागि लेखनाथमा खसी बजार संचालन र कोल्ड स्टोर्स निर्माण गर्न लागिएको बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दिपक कोइरालाले पोखराको पर्यटनको विकासका लागि लेखनाथमा रहेका सात ताललाई फरक फरक विशेषता सहितको योजना निर्माण गर्नु पर्नेमा जोड दिए । कोइरालाले सात ताललाई जोड्ने गरी लिङरोडको निर्माण भैरहेको उल्लेख गरे । उनले रुपा गाउँपालिकाका सवै वडालाई जोड्ने गरी सडक सञ्जाल निर्माण भइरहेको उल्लेख गर्दै, बास्तविक सिंहदरवार गाउँमा पुगेको अनुभूति दिलाउन खोजिएको बताए ।
पाँचौ बेगनास फिस फेस्टिवल मुल आयोजक समितिका संयोजक एवं होटल तथा रेष्टुरेण्ट एशोसियशन लेखनाथका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सीनाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सावित्री भण्डारी, पोखरा महानगरपालिका वडा नं। ३१ का वडाध्यक्ष कमलवहादुर थापा, बेगनास युवा क्लवका अध्यक्ष रामवहादुर रानाभाट, बेगनासताल महिला समूहका अध्यक्ष दुर्गा अधिकारी, मत्स्य व्यवसायी समिति कास्कीका अध्यक्ष दयाराम तिवारी लगायतले महोत्सवका विषयमा बोलेका थिए ।
बेगनास तालको ड्यामसाइडमा संचालन गरिएको महोत्सवमा कृषि, जैविक, तरकारी, जडिबुटी, माछा, पर्यटन र खानाका विभिन्न प्रकारका ५० भन्दा बढी स्टल राखिएको छ । यसैगरी बालउद्यान र विभिन्न सांस्कृतिक कार्यक्रम समेत फेस्टिवलमा समावेश गरिएको छ ।
महोत्सवको पहिलो दिन विभिन्न आमा समूह र जनजाती समूहले झाकी तथा र्याली प्रर्दशन गरेका थिए । महोत्सवका जेठ २० गतेसम्म संचालन हुने प्रचार प्रसार समितिका संयोजक दामोदर भक्त थापाले जानकारी दिए ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker