त्रिभुवन शान्ति नमुना मा.वि. पोखरा -३० खुदीमा स्वागत कार्यक्रम सम्पन्न

लेखनाथ , २०८० भाद्र २३ ।
त्रिभुवन शान्ति नमुना मा. वि. पोखरा – ३० खुदीले एक कार्यक्रमका बीच कक्षा १२ का विद्यार्थीले कक्षा ११ मा अध्ययनरतनव आगन्तुक विद्यार्थीहरुलाई भव्य स्वागत कार्यक्रम सम्पन्न गरेको छ । कक्षा १२ की रस्मी गौतमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ३०का वडाध्यक्ष दुर्गा प्रसाद सुवेदी, विशिष्ट अतिथिविद्यालय व्यवस्थापन समीतिका अध्यक्ष नारायण प्रसाद पौडेल शिक्षक अभिभावक संघका अध्यक्ष नवराज सापकोटालगायत व्यक्तित्वहरु रहनुभएको थियो भने विद्यालयका प्राचार्य सोमत कुमारी लामिछाने कक्षा ११/१२ का विभागियप्रमुख रामचन्द्र भण्डारी, विद्यालय भौतिक निर्माण समिति अध्यक्ष शोभामोहन पौडेल, शिक्षक प्रतिनिधि प्रदिप न्यौपानेलगायतका व्यक्तित्वले शुभकामना मन्तव्य राख्नुभएको थियो ।कक्षा १२ का भाईवहिनीहरुका स्वागत गीत, सांस्कृतिक नृत्य लगायतका आकर्षक गायन, नृत्य , र लाईभ कन्सर्ट प्रस्तुत गरिएको थियो । कक्षा ११ मा अध्ययन गर्न आउनु भएका२०२ जना विद्यार्थीलाई शैक्षिक सगुन, खादा र अविरले स्वागत गरिएको थियो । विहान ११ बजे सुरु भई ५ः३० मा सम्पन्नभएको कार्यक्रम सञ्चालन कक्षा १२ मा अध्ययनरत विज्ञान समूहका विद्यार्थी रोचक तिवारी र व्यवस्थापन समूहकी अंकिता तिवारीले गर्नु भएको थियो। कार्यक्रमको प्राविधिक संयोजन तथा छायांकन शिक्षक सुजीत परियारले गर्नु भएको थियो ।