Gandaki News(गण्डकी न्युज)Kaski News (कास्की)Nepali News (नेपाली)Pokhara News (पोखरा)

कास्कीमा संचालित क्रशर उद्योगहरूको अनुगमन गरिने

कास्कीमा संचालित क्रशर उद्योगहरूको अनुगमन गरिने

पोखरा , पुष २४
कास्की जिल्लामा संचालित विभिन्न क्रशर उद्योगहरूको स्थलगत अनुगमन गरिने भएको छ। नदिजन्य तथा खानीजन्य पदार्थको कास्की जिल्ला अनुगमन समितिको आइतबार  सम्पन्न बैठकले कास्कीमा संचालित क्रशर उद्योगहरूको सोमबारदेखि  अनुगमन गर्ने निर्णय गरिएको अनुगमन समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जानकारी दिए।

कास्की जिल्लामा संचालित  केही क्रशर उद्योगहरूले बाताबरण तथा बिकासका पूर्बाधारहरुमा समेत प्रतिकुल प्रभाव पारेको जन गुनासो बढेपछि उक्त उद्योगहरूको बैधता र संचालनको अबस्था बुझ्न अनुगमन गरिनेछ ।
अनुगमन पछि त्यस्ता उद्योगहरुको विवरण तयार गरि कानुन तथा मापदण्ड बिपरित संचालित  भएकालाइ कानुनको दायरामस  ल्याइने भन्दै पौडेलले  बाताबरण र बिकासका पूर्बाधारमा समेत असर पारेको देखिएमा कानुन बमोजिम कारबाही गरिनेे बताए।
जनहित तथा कानुन  बिपरित काम गर्ने जो कोहि पनि कानुनको दायरामा आउनु पर्ने र कानुनी राज्यको अनुभुती हुने गरि अब समिती क्रियाशिल हुनेछ पौडेलले उल्लेख गरेका छ्न।
जिल्ला समन्वय प्रमुख संयोजक रहने समितिमा जिल्लाका  पालिकाका प्रमुखहरू   ,प्रमुख जिल्ला अधिकारी , जिल्लाका प्रहरी कार्यालयका  प्रमुख , घरेलु कार्यालयका प्रमुख , डिभिजन बन कार्यालय कास्किका प्रमुख, ससस्त्र प्रहरी बल कास्कीका प्रमुख ,राष्ट्रिय अनुसन्धान पोखरा कार्यालयका प्रमुख ,कोष तथा लेखा नियन्त्रण कार्यालय कास्कीका प्रमुख ,पूर्बाधार बिकास कार्यालय कास्कीका प्रमुख,आन्तरिक राजस्व कार्यालय कास्कीका प्रमुख र जिल्ला समन्वय अधिकारी  सदस्य रहने प्राबधान रहेको छ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker