Nepali News (नेपाली)

दोश्रो हिमाल एण्ड रक्षा मेमोरियल कप फुटसल हुने

असोज २३ र २४ गते (असोज १७ र १८ गते हुने भनिएकोमा मिति परिवर्तन)

दोश्रो हिमाल एण्ड रक्षा मेमोरियल कप फुटसल हुने

लेखनाथ, असोज ३ ।

चेतनशिल आर्दश युवा क्लव पोखरा–३० को आयोजनामा यहि असोज २३ र २४ (असोज १७ र १८ गते हुने भनिएकोमा मिति परिवर्तन)  दोश्रो हिमाल एण्ड रक्षा मेमोरियल कप फुटसल प्रतियोगिता हुने भएको छ ।
पोखरा–२७ तालचोकमा रहेको काईट स्र्पोटस क्लव फुटसलमा आयोजना गरिने प्रतियोगिताको तयारी तिव्र पारीएको गत वर्ष १८ टिमको सहभागीता रहेकोमा यस वर्ष पनि सोही हाराहारीमा सहभागीता रहने अपेक्षा गरिएको प्रतियोगिताका संयोजक बिक्की गुरुङ्गले वताए ।
प्रतियोगिता सम्पन्न गर्नको लागी २ लाख अनुमानित खर्च लाग्ने र खर्च कटाएर बाँकी रकम सामाजिक कार्यमा लगाईने कोषाध्यष अस्त्र ओझाले जानकारी दिए ।
सडक दुर्घटनामा परि निधन भएका स्थानीय खेलाडीहरु हिमाल गुरुङ्ग र रक्षा गुरुङ्ग को स्मृतिमा दोश्रो पटक आयोजना गरिने प्रतियोगितामा प्रथम हुने टिमले नगद रु २० हजार, शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उप–विजेता टिमले नगद रु १२ हजार मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवका अध्यक्ष किशोर सुवेदीले जानकारी दिए ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker