Nepali News (नेपाली)

परमार्थनगर क्लव द्वारा निःशुल्क दन्त शिविर सम्पन्न

परमार्थनगर क्लव द्वारा निःशुल्क दन्त शिविर सम्पन्न

सुमन जिसी

लेखनाथ, २५ असार

परमार्थनगर क्लव पोखरा २७ डाडाकोनाकले निःशुल्क दन्त शिविर सम्पन्न गरेको छ ।

पोखरा २७ का वडा अध्यक्ष पुणर् कुमार गुरुङ्गका प्रमुख आथित्तयतामा भएको कार्यक्रममा वडा अध्यक्ष गुरुङ्गले भोलिका कणर्दार युवाहरुलाई सतकर्मको बाटो देखाउन आवश्यक रहेको र यस क्लव बाट युवाहरु लाई सम्मेलित गरि विभिन्न रचनात्मक कार्य गरिरहेकोमा खुसी रहेको भाव व्यक्त गरेका थिए ।

केबिन न्यु होराईजन डेन्टल सेन्टरको प्रायोजनमा आयोजित शिविरमा डा मनोज कुमाल, डा गगा भण्डारी तथा उर्मिला कुमालले दन्त विरामीहरुको चेकजाँच गर्नुभएको थियो । साथै डाडाकोनाक स्थित श्रीकृष्ण प्रणामी वृन्दावन धाममा रहेका ११ जना बालबालिकाहरुको निशुल्क दन्त परिक्षण गर्ने निणर्य समेत गरिएको क्लवका उपाध्यक्ष विजय वस्ताकोटीेले जानकारी दिएका छन् ।

समाजसेवि तथा नेपाली काङ्रेसका महाधिवेशन प्रतिनिधि सुरजजङ्ग राणाले शुभकामना व्यक्त गरेको कार्यक्रम करिव १०० जनाले आफ्नो दातको चेकजाँच गरि लाभ लिएको बताईएको छ ।

क्लवका अध्यक्ष मनोज गुरुङ्गको सभापत्तिवमा भएको कार्यक्रममा संचालन सचिव आदर्श लामिछानेले गरेका थिए ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker