Nepali News (नेपाली)

अष्ट्रेलिया अध्ययनका लागि म्याक्सी म्याक्स पोखरामा विस्तार

अष्ट्रेलिया अध्ययनका लागि म्याक्सी म्याक्स पोखरामा विस्तार

अशोज २, पोखरा
अष्ट्रेलियामा मुख्य कार्यलय रहेको शैक्षिक परामर्श केन्द्र म्याक्सी म्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसको शाखा पोखरामा विस्तार भएको छ । पोखरामा आयोजित एक कार्यक्रममा शैक्षिक परामर्श केन्द्रको उद्घाट्न उहाँकै बुुवा साहित्यकार कवि विष्णुकुमार श्रेष्ठ अल्पविराम र आमा राजेश्वरी श्रेष्ठ ले म्याक्सी म्याक्स को लोगो अंकित व्यानर अनावरण तथा कवि तीर्थ श्रेष्ठले पानसमा बत्ती बालेर शुभारम्भ गर्नुभएको हो ।
नेपाली संगीतमा ख्याती कमाएका पोखरेली ब्याण्ड कन्दराका गायक बिबेक श्रेष्ठको समेत लगानी रहेको म्याक्सी म्याक्सको पोखरा शाखा नेपालका लागि तेस्रो शाखा हो । यस अघि नेपालमा चितवनको पर्सा तथा काठमाण्डौको कुमारीपाटीमा सञ्चालनमा आएको छ । यस बाहेक म्यानमार, लाओस, फिलिपिन्समा समेत यसको शाखा विस्तार गरिएको पोखराका निर्देशक श्रेष्ठले बताउभयो । म्याक्सी म्याक्सले अष्ट्रेलिया लगायत अमेरिका, क्यानडा, युके, युरोपेली देशहरुका कलेज तथा युनिभर्सिटी अध्ययनका लागि परामर्श तथा सेवा प्रदान गर्दै आइरहेको छ ।
कार्यक्रममा बिभिन्न कलेज तथा युनिभर्सिटीका प्रतिनिधीहरुले अष्ट्रेलियामा अन्र्तराष्ट्रिय विद्यार्थीहरुले पढ्न पाउने विषय र अवसर तथा त्यसका लागि चाहिने प्रकृयाका बारेमा अवगत गराएका थिए । पोखरा चिप्लेढुङ्गाको आयुष प्लाजामा अवस्थित शैक्षिक परामर्श केन्द्रले विद्यार्थीहरुका लागि कलेज, युनिभर्सिटी तथा विषय छान्न का लागि परामर्श र प्रकृयाका सहयोग गर्नेछ । यसका अलावा दक्ष जनशक्तीहरुलाई माइग्रेशन सम्बन्धी सेवा तथा भिजिट भिसामा जान चाहनेहरुका लागि पनि उचित परामर्श, डकुमेन्टेशन तथा प्रकृयाका लागि सेवा प्रदान गर्ने श्रेष्ठले बताउनुभयो ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker