मनुश्री ̸ भिग्नजित अन्तर्राष्ट्रिय जुनियर टेनिस यू-८ मा इभानलाई उपाधि

मनुश्री ̸ भिग्नजित अन्तर्राष्ट्रिय जुनियर टेनिस यू-८ मा इभानलाई उपाधि
पोखरा, पौष २२।
पोखरामा जारी दोस्रो मनुश्री ̸ भिग्नजित अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा शुक्रबार यू-८ ब्वाइजतर्फ इभान भट्टराईले उपाधि जितेका छन् ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा सम्पन्न यू-८ ब्वाइज सिंगल्स फाइनलमा २-० को सोझो सेटमा पराजित गरी इभानले उपाधि जितेका हुन् । निकै प्रतिष्पर्धात्मक रहेको खेलमा बेदान्त चालिसेलाई टाइ ब्रेकरमा पराजित गरेका
थिए । पहिलो सेट १०-७ ले जितेका इभानले दोश्रो सेट १०-२ ले जिते । प्रतियोगितामा भिरल अग्रवाल र जिवश भट्टराई तेश्रो भएका छन् ।
त्यस्तै शुक्रबार नै यू-९, यू-१० र यू-१२ उमेर समुहका ब्वाइज तथा गल्र्सतर्फ सेमीफाइनलका समिकरण पुरा भएका हुन् । प्रतियोगिता अन्तर्गत यू-९ ब्वाइज सिंगल्स इभान भट्टराइले फाइनलमा आयर्शराज पौडेलको सामना गर्ने छन् । इभानले टाइब्रेकरमा सोरा प्रजापतीलाई टाइब्रेकरमा धकेलिएको खेलमा १०-७, ८-१० र १०-९ ले पराजित गर्दै फाइनलको यात्रा तय गर्दा आयर्शले सुभान केसीलाई ६-०, ६-० को सोझो सेटमा पराजित गर्दै इभान संग भेट पक्का गरेका हुन् ।
त्यसै गरी यु-१० ब्वाइज सिंगल्समा विश्व डल्लाकोटी र इलेश गौतमलाई ६-१ र ६-० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरे । यता गल्र्स सिंगल्सतर्फ यू-१० को खेलमा सारा पन्तले केजिया शाक्यलाई ६-०, ६-१ को सोझो सेटमा हराउँदै उपाधि नजिक पुगेकी छन् । यू-९ तर्फको एक अर्को गल्र्स सिंगल्समा साराले नै जियो केसीलाई ४-१, ४-० मा पराजित गर्दै दोहोरो उपाधि तर्फको नजिक पुगेकी छन् ।
प्रतियोगितामा यू-८, यू-९, यू-१०, यू-१२ ब्वाइज तथा गल्र्स सिंगल्सका साथै ओपन ब्वाईज तथा गल्र्स डबल्स गरी विभिन्न १४ ईभेन्टमा प्रतिस्पर्धा भइरहेकोमा यू-१४ र यू-१६ का इभेन्टहरु भने सम्पन्न भइसकेका छन् । जुनियरतर्फ यू-८, यू-९ र यू-१०, ब्वाईज तथा गल्र्स सिंगल्स बिजेता तथा उपबिजेताले गिफ्ट ह्याम्पर तथा मेडल प्राप्त गर्ने छन् भने यू-१२ ब्वाईज तथा गल्र्स सिंगल्स बिजेताले जनही नगद रु ८ हजार तथा उपबिजेताले जनही नगद रु ५ हजार सहित मेडल प्राप्त गर्ने प्रतियोगिताकी संयोजक प्रिती बरालले जानकारी दिएकी छन् ।
प्रतियोगितामा ३७ जना खेलाडीहरुको सहभागिता रहेको प्रतियोगितामा गल्र्सतर्फ १५ र ब्वाइजतर्फ २२ खेलाडीहरुको सहभागिता रहेको छ । फाइनल खेलहरु शनिबार सञ्चालन हुने आयोजक टेनिस संघका अध्यक्ष लोक बहादुर गुरुबले जानकारी दिए ।