Nepali News (नेपाली)

पत्रकार प्रल्हाद चन्द्र घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

पत्रकार प्रल्हाद चन्द्र घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

पोखरा । पोखराका कृयाशिल पत्रकार प्रल्हाद चन्द्र घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार भएको छ । विगत २०७५ सालदेखि विवादित रहेको खानेपानीको विषयमा रिपोर्टिङका लागि स्याङ्जाको आँधिखोला गाउँपालिका ४ बाङ्सिङ, दह पुग्नुभएका फेवा टेलिभिजनका समाचार संयोजक एवं समाचारपाटी डटकमका पत्रकार घिमिरेलाई स्थानिय टोल विकास समितिका केहि व्यक्तिले समाजका अन्य मानिसहरुलाई उक्साएर उहाँ माथि दुर्व्यवहार गरेका हुन् ।

पत्रकार घिमिरेले आफु पत्रकार हो भन्दै आफ्नो परिचयपत्र देखाउदा समेत उनिहरुले भिडियो किन खिचेको भन्दै मोबाइल खोस्ने, अपशब्द बोल्ने, भिरबाट खसालिदिने, पोखरीमा गाडिदिने जस्ता तल्लोस्तरका गालिगलौज गरेको पत्रकार घिमिरेले बताउनुभएकाे छ । स्थानिय दह ठुलाखेत टोलका अध्यक्ष ठाकुर प्रसाद पौडेल, रेशम पौडेल, बाबुराम पौडेल, पिताम्बर पौडेल लगायतका व्यक्तिले गाउँका अन्य व्यक्तिहरुलाई समेत उक्साएर आफु प्रति दुर्व्यवहार गरेको घिमिरेको भनाइ छ।

गाउँपालिका उपाध्यक्ष सिता थापाको अगाडी गाउँलेहरुले पत्रकार घिमिरेलाई दुव्र्यवहार भएपछि गइदिन अनुरोध गर्नुभएकाे थियाे । गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्ष लगायतले रोक्दा रोक्दै पनि हाम्रो गाउँको भिडियो खिचेर समाचार बनाउनु परेको छैन भन्दै उनिहरुले हमलाको प्रयास गरेको घिमिरेले बताउनुभएकाे छ । घटना लगत्तै घिमिरेले स्थानिय चिलाउनेबास प्रहरी चौकीमा आफुमाथि दुर्व्यवहार गर्ने स्थानिय अगुवाहरुको बारेमा चौकी प्रमूख हिमत बुढालाई जानकारी गराई कारबाहीको माग गर्नुभएकाे छ । साथै उहाँले पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ कास्कीमा जानकारी गराउनुभएकाे थियाे । घिमिरेले आफुले पत्रकार हो भनि आफ्नो परिचयपत्र स्पष्टरुपमा देखाईरहँदा पनि दुव्र्यवहार हुनु र धम्कीका भाषाहरु प्रयोग हुनुले आफु निकै दुखित रहेको बताउनुभएकाे छ।

गाउँपालिका र अख्तियारमा समेत उजुरी परेको विषय निश्चय पनि सार्वजनिक सरोकारको विषय हो । यसरी सुशासन, समुन्नत समाज निर्माणका लागि रातदिन रिपोर्टिङ गरिरहेका पत्रकारहरुमाथि कार्यक्षेत्रमा हुने यस किसिमका दव्र्यवहारले पत्रकारहरु असुरक्षित हुन्छन्, यस किसिमका घटना पटक पटक दोहोरिनु पक्कैपनि कानुनी राज्यमा राम्रो कुरा होइन । यसर्थ यस किसिमका घटना आगामी दिनमा नदोहोरिउन् र दोसी उपर राज्यले आवश्यक छानविन गरि कारबाहीको दायरामा ल्याओस भन्ने माग पनि गर्न चाहान्छु, – घिमिरेले भन्नुभएकाे छ ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker