Nepali News (नेपाली)

मैत्रीपुर्ण फुटबलको उपाधि पत्रकार मञ्चलाई

मैत्रीपुर्ण फुटबलको उपाधि पत्रकार मञ्चलाई

लेखनाथ , १२ भदौ।

लेखनाथ जेसिजले आफ्नो सप्ताहव्यापी कार्यक्रम अन्र्तगत आयोजना गरेको मैत्रीपुर्ण फुटसलको उपाधि लेखनाथ पत्रकार मञ्चले हात पारेको छ ।

शनिबार आयोजक संस्था लेखनाथ जेसीज र लेखनाथ पत्रकार मञ्च विच भएको प्रतियोगिताको निर्धारीत समयमा ५–५ गोलको बराबरी भए पछि थप गरिएको ५ मिनेटको ईञ्जुरी समयमा पत्रकार मञ्चले थप १ गोल अग्रता कायम गरेपछि पत्रकार ट्रफी हात पार्न सफल भएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै लेखनाथ जेसीजका संस्थापक अध्यक्ष बाबुराम जमरकट्टेलले खेलकुद मानिसको स्वास्थ्यको लागि लाभदायक भएको वताउँदै यसले आपसी भाईचारामा पनि वृद्धि हुने वताएका थिए ।

कार्यक्रममा लेखनाथ जेसीजका पुर्व अध्यक्ष अर्जुन ओझा, लेखनाथ पत्रकार मञ्चका निवर्तमान अध्यक्ष भिमपाणी बराल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

क्लवका अध्यक्ष नवराज पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रमका संयोजक सञ्जिव न्यौपानेले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव चन्द्रप्रकाश ढुंगाना र धन्यवाद ज्ञापन निवर्तमान अध्यष चिरञ्जीवी न्यौपानेले गरेका थिए ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker