Nepali News (नेपाली)

मुख्यमन्त्री पोखरेलद्वारा दसैंको शुभकामना

मुख्यमन्त्री पोखरेलद्वारा दसैंको शुभकामना

पोखरा, १८ असोज। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पर्वसँग जोडिएका मूल्य, मान्यता एवं संस्कारहरुले मुलुकलाई समृद्धिको शिखरमा पु¥याउन सहयोग गर्ने बताएका छन् । विजयदशमी २०७९ का अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले विविधताबीचको एकतालाई थप मजबुत बनाउन दसैं र यस्ता पर्वहरुले अभूतपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरेका हुन् ।
उनले भनेका छन्, हाम्रो देश नेपाल बहुसांस्कृतिक, बहुजातीय, बहुभाषिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण छ । विविधताबीचको एकता नै हामी नेपालीको विशेषता हो ।
मुलुकभित्र प्रचलित संस्कृति, परम्परा एवं सभ्यताको जगेर्ना गर्नु हामी नेपालीको साझा दायित्व रहेको उनले उल्लेख गरेका छन् । सञ्चार, प्रविधि र यातायात सेवाका कारण पर्व मनाउने शैली फेरिएको भन्दै उनले हाम्रा मौलिक पर्वसँग गाँसिएका वैज्ञानिक एवं मानवीय जीवनसँग जोडिएका सकारात्मक पक्षका बारेमा वर्तमान पुस्तालाई बुझाउन जरुरी रहेको बताएका छन् ।
स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरुमा विजयादशमी २०७९ का अवसरमा सुस्वास्थ्य, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै उनले यस पर्वलाई आपसी सद्भाव, भाइचारा र मित्रवत् सम्बन्ध विकास गर्ने अवसर प्रदान गर्ने पर्वका रुपमा मनाउन प्रदेशवासी, सम्पूर्ण नेपालीमा हार्दिक अनुरोध गरेका छन् । महामारीका रुपमा फैलिएको डेंगीबाट जोगिन आवश्यक मापदण्ड पूर्णरुपमा अवलम्बन गरी पर्वको खुसियाली साट्न उनले हार्दिक अपिल गरेका छन् ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker