Nepali News (नेपाली)

चार दिने क्षमता विकास तालिम सम्पन्न

चार दिने क्षमता विकास तालिम सम्पन्न

पोखरा, ६ जेठ ।

विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा विन्दुवासिनी संस्कृत विद्यापीठको अनुसन्धान व्यवस्थापन एकाइद्वारा आयोजित चार दिने तालिम सम्पन्न भएको छ । जेठ २ गतेदेखि ५ गतेसम्म सञ्चालित तालिममा नेपाल संस्कृत विश्वविद्यलाय, त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालयका प्राध्यापकहरूद्वारा विभिन्न विषय र शीर्षकमा १२ वटा कार्यपत्रहरू प्रस्तुत गरिएका थिए । तालिमका क्रममा सहायक प्राध्यापक अम्बरराज ढकाल, उप प्राध्यापक विष्णुप्रसाद शर्मा, उप प्राध्यापक डा.भोलानारायण रेग्मी, उपप्राध्यापक डा.सविन्द्रराज भण्डारी, उप प्राध्यापक प्रकाश पौडेल, उपप्राध्यापक डा.पीताम्बर पौडेल, उपप्राध्यापक गणेश शर्मा सुवेदी, सहप्राध्यापक डा. चूडामणि कँडेल, उपप्राध्यापक डा.जगन्नाथ रेग्मी, सहप्राध्यापक डा. काशिनाथ कण्डेल, सहप्राध्यापक योेगराज पौडेल, सहप्राध्यापक आनन्दमणि रिजालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । तालिमको समापन समारोहमा विन्दुवासिनी संस्कृत विद्यापीठका प्राचार्य डा. जगन्नाथ रेग्मीले तालिम उपलव्धिपूणर् रहेको बताउँदै यसलाई विद्यापीठले आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो । सहप्राध्यापक राधाकृष्ण गैरेले प्राज्ञिक क्षमता विकासका लागि तालिमले उत्प्रेरणा दिएको बताउँदै प्राज्ञिक अनुसन्धानको प्रबद्र्धनमा सहयोगी बनेको
बताउनुभयो । कार्यक्रममा उपप्राध्यापक प्रकाश पौडेलले समग्र तालिम कार्यक्रमको समीक्षा गर्नुभएको थियो । उक्त अवसरमा कार्यपत्र प्रस्तोताहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker