LekhnathNepali News (नेपाली)

रिठेपानी सहकारीको नवौं साधारण सभा

रिठेपानी सहकारीको नवौं साधारण सभा

लेखनाथ ।पोखरा महागरपालिका वडा नं २७ को रिठेपानीमा रहेको रिठेपानी बचत तथा ऋण सहकारी संस्थाको नवौं बार्षिक साधारण सभा विहिवार सम्पन्न भएको छ ।

सेयर सदस्यहरुलाई एक हप्तासम्ममा प्रतिवेदन बुझाउने र सेयर सदस्यको सुझाव संकलन गर्ने काम सम्पन्न गरी विहिवार कार्यसमितिका पदाधिकारी,विभिन्न उप समिति र सल्लाहकारहरुको सामुहिक भेलाले प्रतिवेदन उपर छलफल गरी परिमार्जन सहित साधारण सभा सम्पन्न गरेको हो ।

साधारण सभाको समापन गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पुणर्कुमार गुरुङले सहकारीको मुल्य,मान्यता अनुसार अगाडि बढ्न सुझाव दिदै सहकारीले स्थानीय स्तरको स्रोत र साधनको प्रयोग गरी सेयर सदस्यको आय आर्जनमा बढवा दिने खालका कार्यक्रम ल्याउन र रोजगारीका अवसरहरु सृजना गर्न आग्रह गरेका थिए ।

संस्थाका अध्यक्ष ईन्द्र बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाश पन्तले स्वागत गरेका थिए । सभामा सचिव कुशप्रसाद गुरुङका नीति नियमहरु, प्रगति प्रतिवेदन सहित भावी योजना,कोषाध्यक्ष रामप्रसाद अधिकारीकोे आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक कप्तान ईन्द्रबहादुर गुरुङको लेखा प्रतिवेदनहरु पारित भएका थिए ।

साधारण सभाका अवसरमा यसवर्ष महत्वपूणर् योगदान पुर्‍याएकामा विष्णुप्रसाद गुरुङ ,शोभनलाल जोशी र कुशप्रसाद गुरुङलाई सम्मान गरिएको थियो । प्रबन्धक द्रौपदी गुरुङ, सल्लाहकार जगबहादुर गुरुङ, संस्थापक अध्यक्ष यमप्रसाद गुरुङ,कर्मचारीहरुबाट सागर गुरुङ लगायतले आआफ्ना धारणा राखेका थिए ।सहकारीको २६ करोड बराबरको कारोवार रहेको छ ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker