Nepali News (नेपाली)

चौथो डायमण्ड रनिङ सिल्ड सम्पन्न

चौथो डायमण्ड रनिङ सिल्ड सम्पन्न

लेखनाथ, २६ कार्तिक ।

सुमन जिसी

पोखरा महानगरपालिका २७ तालचोकमा अवस्थित डायमण्ड माविमा विद्यालय स्तरिय वृहत खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । अनुशासन, समृद्धिका लागि खेलकुद भन्ने मुल नाराका साथ गत कार्तिक २२ गते बाट शुरु प्रतियोगितामा विभिन्न खेलको फाइनल तथा पुरस्कार वितरण सम्पन्न भएको छ ।

समापन समारोहका प्रमुख अतिथि गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज वहादुर गुरुङले अनुशासनका लागि खेलकुद र खेलकुदका लागि अनुशासन अनिवार्य रहेको बताउनु हुदै , खेलले विद्यार्थीलाई अनुशासनमा बाँध्नुका साथै शारीरिक एवम् मानसिक रुपमा सबल बनाउने धारणा राखेका थिए ।

१६ ओटा समूहको सहभागिता रहेको फुटबल प्रतियोगितामा भेट्रान्स समूह प्रथम भएको छ भने दोस्रो स्थानमा कक्षा ( ले चित्त बुझाएको छ । भेट्रान्स समूहले कक्षा ( समूहलाई ४—३ गोलले पराजित गर्दै चौथो डायमण्ड रनिङ सिल्डको उपाधि जितन सफल भएको हो ।

छात्र भलिबलको उपाधि कक्षा १२ व्यवस्थापन समूहले जित्यो भने छात्रा तर्फ पनि कक्षा १२ व्यवस्थापन समूह विजेता भएको छ ।

यसैगरि क्रिकेट तर्फ कक्षा १२ विज्ञान समूहले जित हात पार्न सफल हुदाँ कक्षा ११ व्यवस्थापन समूहले दोस्रो स्थानमा चित्त बुझाएको छ ।

प्रतियोगितामा आयोजित टेबल टेनिस छात्र तर्फ संञ्चन श्रेष्ठ प्रथम भएका छन् भने सुसिल केसी दोस्रो हुन् सफल भएका छन् त्यसैगरि छात्रा तर्फ अनुशा गौतम प्रथम र अंकिता गुरुङ्ग दोस्रो हुन् सफल भएका छन् ।

प्रतियोगितामा फुटबल तर्फ ६ गोल गर्दै भेट्रान्स समूहका सन्देश राज तिमेल्सिनाले सर्बाधिक गोल कर्ताको उपाधि हात पारे भने , कक्षा ( का सविन थापा उत्कृष्ट खेलाडी बनेका छन् । छात्र भलिबल तर्फ सुजन थापा उत्कृष्ट खेलाडी र टोनिज गुरुङ्ग उत्कृष्ट स्पाईकर भएका छन् भने छात्रा तर्फ ममता गुरुङ्ग उत्कृष्ट खेलाडी र अनुशा गौतम उत्कृष्ट स्पाईकर भएकी छन् ।

प्रतियोगिता संचालन गर्नका लागि खेल अबधि भर रेफ्रिको भुमिका निर्वाह गरेका ेमा विधान देउजा र रेशम गुरुङ्गलाई समेत पुरस्कार वितरण कार्यक्रममा सम्मान गरिएको थियो ।

विद्यालयका संस्थापक निदैशक माधवशरण उपाध्यायको सभापत्तित्वमा संचालन भएको समापन कार्यक्रमका कार्यक्रम माथि प्रकाश तथा स्वागत विद्यालयका संस्थापक प्रिन्सिपल यम वहादुर रोकाले गर्नु भएकोमा धन्यवाद ज्ञापन विद्यालयका संस्थापक व्यवस्थापक हरि प्रसाद लामिछानेले र कार्यक्रमको संचालन विद्यालयका शिक्षक नारायण प्रसाद पराजुलीले गरेका थिए ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker