Nepali News (नेपाली)

चौथोे डायमण्ड रनिङ सिल्ड जारी

चौथोे डायमण्ड रनिङ सिल्ड जारी

सुमन जिसी

लेखनाथ, २३ कार्तिक । कास्कीको पोखरा महानगरपालिका वडा नं २७ तालचोकमा रहेको डायमण्ड माध्यमिक विद्यालयमा चौथोे डायमण्ड रनिङ शिल्ड खेलकुद प्रतियोगिता जारी रहेको छ ।

अनुशासन, समृद्धिका लागि खेलकुद भन्ने मुल नाराका साथ संचालन भईरहेको खेलकुद प्रतियोगिताको दोस्रो दिन फुटबलका पहिलो चरणका ६ खेल सम्पन्न भएको विद्यालय संयोजक दिनेश शर्माले जानकारी दिएका छन् ।

दोस्रो दिनको पहिलो फुटबल खेल ट्राईबेक्ररमा कक्षा ११ व्यवस्थापन समुह लाई २—१ ले पाखा लगाउदै कक्षा १० बि समुहको दोस्रो चरणमा प्रवेश गर्न सफल भएको छ । त्यस्तै दिवश सुबेदीको एक गोलको मद्धतमा विज्ञान समुह बि लाई पछि पारदै एक्स विज्ञान समुह विजयी बनेको छ ।

दोस्रो दिनका तेस्रो खेलमा कक्षा ९ ए ले कक्षा १० ए लाई दुई गोलको सहज जित निकालन सफल भएको छ जुन खेलमा एरिक पुन र सबिन थापाले एक एक गोल गरेका थिए । त्यस्तै असिम मगर र नोयल रानाको २ गोलको मद्धतमा कक्षा ८ ले कक्षा ९ बि का विच पनि सहज जित हासिल गरेको छ । पाँचौ खेलमा रसिक थापाको एक मात्र गोलले व्यवस्थापन समुह अर्को चरणमा प्रवेश गरेको छ । दोस्रो दिनको अन्तिम खेल निकै नै रोमाञ्चक रहेको थियो उक्त खेलमा साबिकको उपबिजेता टोलि पूर्व व्यवस्थापन समुहलाई भेट्रान्स समुहले सून्यका विरुद्ध तिन गोल गर्दै जित हात पारेको छ जसमा सुशिल रानाले एक तथा सुवास थकालीले दुई गोल गरेको विद्यालयमा अतिरिक्त क्रियाकलाप प्रमुख विकास लामिछानेले जानकारी दिएका छन् । चौथोे डायमण्ड रनिङ सिल्ड यहि कार्तिक २६ गतेसम्म संचालन हुने बताईएको छ ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker