Nepali News (नेपाली)

आमा मिलन सहकारीको १२ औं साधरणसभा

आमा मिलन सहकारीको १२ औं साधरणसभा

स्मीता अधिकारी
पोखरा २५ , कात्तिक
आमा मिलन सहकारी संस्था लिमिटिेडको १२ औं साधरणसभा आज लेखनाथमा सम्पन्न भएको छ । विशेषगरी महिला लक्षीत कार्यक्रम मार्फत स्थापित भइ पोखराको नागढुंगामा मा प्रधान कार्यालय रहेको यस सहकारीमा विगत केहि वर्ष देखि लेखनाथ क्षेत्रका केहि स्थनीय सहकारीहरु समेत मर्ज भएका छन् । यस सहकारीले विशेष गरि कृषि र उद्यमशिलताको क्षेत्रमा काम गर्दै आइरहेको छ ।
यसैविच यस सहकारीको आज आयोजित १२ औ साधरणसभा को उद्घाटन गर्दै स्थानीय जेष्ठ नागरिक शेयर सदस्य तिलक प्रसाद तिवारीले स्थानीयलाइ कृषि, उद्यमशिलता र रोजगारी सृजनामा जागरुक बनाउन यस सहकारीले महत्वपूणर् भूमिका खेलेको भन्दै यस्ता कर्ममा सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रमकै विच सामाजिक काममा योगदान दिएको भन्दै शेयर सदस्यहरु स्थानीय ध्रुवनाथ अधिकारी, मित्रलाल भण्डारी र गंगाराम सुवेदीलाइ दोसल्ला र सम्मानपत्रका साथ सम्मान गरिएको थियो । कार्यक्रममै शेयर सदस्यका छोरा छोरीमध्य एसइइ मा उत्कृष्ट अंक ल्याउने ५ जनालाइ पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा सम्मानित सामाजिक व्यक्ति लगायत चक्रदेवि सेवा केन्द्रका अध्यक्ष अर्जुन बन्जारा, आमा मिलन सहकारी संस्थाका उपाध्यक्ष राम कुमार घिमिरे, सचिव श्याम ब श्रेष्ठ, लेखा समिति संयोजक सनतराज लामिछाने,प्रवन्ध निर्देशक ध्रुवराज पौडेल लगायतले बोलेका थिए । कार्यक्रमको अध्यक्षता आमा मिलन सहकारी संस्थाका अध्यक्ष इन्दिरा पौडेलले गरेकी थिइन् ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker