लेखनाथको मैदीमा चिडियाखाना वनाउने गुरुयोजना तयार—स्थानीय विकास अधिकारी पौडेल
जेसिज सप्ताह सम्पन्न
भाद्र ३१ लेखनाथ,
कास्कीका स्थानीय विकास अधिकारी इश्वरराज पौडेलले मैदी ताल वरपरको २२ सय रोपनी क्षेत्रफललाई समेटेर चिडिया खाना निर्माणका लागि गुरु योजना तयार गरिएको वताएका छन् ।
लेखनाथ जेसिजको जेसिज सप्ताहको समापन कार्यक्रममा वोल्दै स्थानीय विकास अधिकारी पौडेलले चिडियाखानाको निर्माणले लेखनाथमा आन्तरिक तथा वाह्य पर्यटक वृद्धि हुने उल्लेख गरे । पौडेलले नगरपालिका स्थापना भएको १५ बर्ष पुगिसक्दा पनि सोचे अनुरुपको विकास हुन नसेको उल्लेख गदै, समग्र कास्कीकै लागि नयाँ गुरुयोजनाको आवश्यकता रहेको वताए ।
कार्यक्रममा लेखनाथ लायन्स क्लवका अध्यक्ष गोविन्द कर्माचार्यले लेखनाथको विकासको अवको नेतृत्व युवाहरुले लिनु पर्नेमा जोड दिए ।
जेसिजका पूर्व अध्यक्ष एवं लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुमन भट्टराईले समाज परिवर्तनका लागि युवाहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।
लेखनाथ जेसिजका अध्यक्ष विवेकलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जेसिजका पूर्व अध्यक्षहरु ऋषिराम जमरकट्टेल, सुरजजङ्ग राणा, हरि लामिछाने, लक्ष्मी प्रसाद त्रिपाठी, एल के शर्मा, सुरेन्द्रराज अधिकारी संस्थापक अध्यक्ष वावुराम जमरकट्टेल, पोखरा जेसिजका निवर्तमान अध्यक्ष रविन्द्र गुरुङ्ग, पोखरा लेडिज जेसिजका अध्यक्ष सिता पाण्डे रोट्रयाक्ट क्लव अफ लेखनाथका अध्यक्ष सन्तोष गुरुङ, जुनियर जेसिजका अध्यक्ष राजन परियार लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
यस्तै जेसिज सप्ताह २०१२ का मुल संयोजक विनोद प्रसाद लामिछानेले साताभरी भएका कार्यक्रमका वारेमा जानकारी गराएका थिए । समापन कार्यक्रमका संयोजक रोशन अधिकारीले स्वागत मन्तव्य र निवर्तमान अध्यक्ष नविनप्रसाद वास्तोलाले धन्यवाद ज्ञापन गरेका थिए ।
सोही अवसरमा लेखनाथको सामुदायीक र नीजि विद्यालयवाट गतवर्षको प्रवेशिका परिक्षामा सर्वोत्कृष्ट अंक ल्याउने छात्र र छात्रा दुई÷दुई जनालाई १ हजार नगद सहित सम्मान गरिएको थियो । साथै कार्यक्रममा साताव्यापी कार्यक्रम अन्र्तगत चित्रकला प्रतियोगितामा उत्कृट हुने प्रतियोगिहरुलाई पुरस्कृत गरिएको थियो । प्रतियोगिहरुको चित्रकलालाई दिपशिखा सामुदायीक पुस्तकालयलाई हस्तान्तरण गरिएको थियो ।