EventsKaskiLekhnath

महायज्ञ सफल पार्न प्रतिबद्धता तथा सहयोग आउने क्रम जारी

महायज्ञ सफल पार्न प्रतिबद्धता तथा सहयोग आउने क्रम जारी

२० बैशाख, लेखनाथ

 श्री कृष्ण प्रणामी परमार्थ मिशन ट्रष्ट मन्दिर तथा अनाथ सेवा आश्रमद्वारा आयोजित प्रतिष्ठित समाजसेवीहरुको बैठक शुक्रबार डाँडाको नाक पुरानो चौकी, अनाथ आश्रममा सम्पन्न भएको छ । महायज्ञका मूल संयोजक श्री शेर बहादुर गुरुङ्गको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा महायज्ञ सम्पन्न गर्नका लागि प्रतिबद्धता तथा सहयोग आउने क्रम बढेको छ । प्रमुख वाचक श्री १०८ स्वामी महाराज पं. विष्णु वशिष्ठज्यू (हरिद्वार) को समेत उपस्थिति तथा समाजसेवी सुर्यमोहन भट्टराईको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बोल्दै समाजसेवी सुर्यमोहन भट्टराईले उच्चस्तरीय विशिष्ट समिति बनाउनु पर्नेमा जोड दिंदै आफूले ५ लाख एक रुपैया सहयोग दिने प्रतिबद्धता जाहेर गरे । त्यस्तै आमा समुह समन्वय परिचालन संयोजक सुश्री कोपिला रानाभाटले अनाथ आश्रम स्थापनापछि सञ्चालनका लागि सचेत रहनुपर्नेमा जोड दिइन । अर्का वक्ता हिरामणी भण्डारीले धैर्य र सहासका साथ अगाडी बढ्नु पर्ने बताए । त्यस्तै लेखनाथ उद्योग वाणिज्य संघका महासचिव बाबुराम गिरी, शोभायात्रा संयोजक सोमनाथ बास्तोला, ज्यो. चिन्तामणि दाहाल, त्रिभुवन शान्ति उ.मा.वि. व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम पौडेल, अतिथि सत्कार तथा दान उत्प्रेरक समितिका संयोजक मे.राम प्रसाद गुरुङ्ग, सचिवालय व्यवस्थापन संयोजक जंग बहादुर गुरुङ्ग लगायतका वक्ताहरुले महायज्ञ सफल पार्न लेखनाथका संघ संस्थासँग अनुरोध गर्दै आफ्नो तर्फबाट पनि प्रतिबद्धता जाहेर गरे । कार्यक्रममा सुनसरी इटहरीकी सावित्री घिमिरेले यो संस्थाका लागि रु. १ लाख पाँच हजार सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नु भएको प्रचार प्रसार संयोजक मोति गिरीले जानकारी दिए ।
News by Bishnu Poudel.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker