11th Annual General Meeting of Shishuwa Mahila Sahakari
शिशुवा महिला बचत तथा ऋण सहकारी संस्था लि. को ११ औ साधारण सभा सम्पन्न
लेखनाथ-८, असोज १२,
सिटी अफ सेभेन लेक्स डट कम
शिशुवा महिला बचत तथा ऋण सहकारी संस्था लि. लेखनाथ-८, शिशुवाको ११औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सुर्यकुमारी बन्जाराको अध्यक्षता र जिल्ला सहकारी संघ कास्कीका उपाध्यक्ष रविरमण तिवारीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको संचालन संस्थाका सचिव श्री गायत्री ढकालले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य मधु तिमिल्सिनाले गर्नुभएको थियो भने विशिष्ट अतिथिहरू वडा सचिब बिष्णु प्रसाद लामिछाने र जिल्ला सहकारी उपाध्यक्ष सन्तु सुवेदीले आ-आफ्ना भनाइ राख्नु भएको थियो । उक्त कार्यक्रममा एस.एल.सी.मा विशिष्ट श्रेणीमा उतिर्ण ६ जना, संस्थाका उत्कृष्ट ऋणीहरु र ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको थियो । शिशुवा कृषि सहकारी संस्थाका उपाध्यक्ष विष्णुप्रसाद भण्डारी, चक्रदेवी सहकारी संस्थाका उपाध्यक्ष शिवराज अधिकारी, महिला संजाल सदस्य सावित्री भण्डारी, लेखा परीक्षक मित्रलाल भण्डारी र अभिनन्दितका तर्फबाट उमा परियारले पनि बोल्नु भएको थियो। सो साधारण सभामा कोषाध्यक्ष सरिता अधिकारी, सचिव गायत्री ढकाल, लेखा संयोजक लक्ष्मी बन्जरा र पुर्णिमा बास्तोलाले प्रतिवेदन पेश गर्नुभएको थियो ।
11th Annual General Meeting of Shishuwa Mahila Sahakari
Date- 2070 Ashoj 12