लेखनाथ पनि विमानस्थल सरोकार समिति गठन
निर्णायक आन्दोलनको तयारी गर्न लेखनाथबासीको सुझाव
लेखनाथ, भदौ २३ पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणको सम्पूर्ण प्रक्रिया पुरागरी काम थाल्नको लागि सरकारले मागेकोे समयसीमा नजिकैदाँ दवावा मुलक आन्दोलनलाई कसरी लैजाने भन्ने बारेमा विभिन्न क्षेत्रसँग छलफल थालिएको छ । पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिले लेखनाथका विभिन्न सँघसंस्था र पोखरामा रहेका आमा समुहसँग गरेको छलफलमा भदौ २८ गतेसम्म सरकारले काम पुरा नगरे सरकारलाइ घुडा टेकाउने आन्दोलनको तयारी गर्नुपर्ने औल्याएका छन् । लेखनाथ उद्योथ बाािणज्य संघको सभाहलमा शनिबार भएको अन्तरक्रियामा दवावका कार्यक्रममा प्रभावकारी बनाउन र लेखथानको पनि सक्रिय सहभागिता जनाउनको लागि विमानस्थल निर्माण सरोकार समिति गठन गरिएको छ । लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष सुमन भट्टराईको संयोजकत्वमा गठित समितिमा लेखनाथका विभिन्न आमा, समुह, क्लव, राजनीतिक पार्टी, टोल विकास संस्था लगायत सम्पूर्ण क्षेत्रको प्रतिनिधित्वत रहेको छ । कार्यक्रममा सरोकार समितिका सदस्य तथा संचार उद्यमी विश्वशंकर पालिखेले विमानस्थलमा विगतदेखि अहलेकासम्म भएका प्रगति बारेमा जानकारी दिदै सेप्टेम्बर २० भित्र सम्झौता नभए पोखरामा विमानस्थल नबन्ने सम्भावना भएकोले हामी सबै सजक र सचेत हुनुपर्ने बताउनु भयो । सदस्य गान्धिराज गिरीले यो हामी सबैको साझा मुद्धा भएकोले यसलाई निर्णयक तहमा पु¥याउन दवााको खाँचो रहेको बताउनु भयो । लेखनाथ उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले दववाका कार्यक्रमलाई सबै क्षेत्रलाई समेट्नु पर्ने बताउनु भयो । संघका निर्वतमान अध्यक्ष बाबुराम जमरकट्टेलले विकासको लागि आन्दोलन गर्नुपर्ने विडम्बना भएको बताउनु भयो । संघका द्धितिय उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले रिले अनसनलाई स्थगन गर्नु गलत भएको बताउदै निर्णायक आन्दोलन आवश्यक भएको बताउनु भयो । तमुधि लेखनाथका अध्यक्ष जंगबहादुर गुरुङले समयसीमा भित्र सरकारले. काम गर्छ भन्ने विश्वसनीय आधार नभएको बताउदै आन्दोलनका कार्यक्रमलाई छिटो घोषणा गर्नुपर्ने बताउनु भयो । क्षेत्री समाज लेखनाथका अध्यक्ष ईन्द्रबहादुर थापाले विमानस्थल यस क्षेत्रको आर्थिक, सामाजिक विकासको लागि महत्वपूर्ण रहेकोले निर्माणमा दववा दिन सबै एक ढिक्का भएर लाग्नु पर्ने बताउनु भयो । परोपकार आमा समुह लेखाथका अध्यक्ष विमला थापाले दववा आन्दोलनमा महिलाहरुको महत्वपुर्ण भुमकिा हुने भन्दै वेवास्ता नगर्न आग्रह गर्नुभयो । नेपाल काँग्रेस लेखनाथ नगर सभापति राजेन्द्रमणि लामिछानेले हामी सबैको आन्दोलन हो भन्ने अनुभुति सबैलाई गराउनु पर्ने बताउनु भयो । राष्ट्रिय जनमोर्चाका हरि बरालले आन्दोलन विना काम हुने सम्भावना भएकाले त्यसलाई उचाईमा पु¥याउनुपर्ने बताउनु भयो । भदौ २८ गतेभित्र भित्र चिनको सिएमसिइसंग नयाँ सम्झौता सरकारले नगरेमा कस्तो आन्दोलन गर्ने भन्ने बारेमा विभिन्न क्षेत्रसँग सल्लाहा, सुझाव लिनको लागि सरोकार समितिले शनिबारदेखि तीन दिनसम्म छलफल र अन्तरक्रियालाई कार्यक्रम गर्ने भएको हो । पर्यटन मन्त्री पोष्टबहादुर बोगटीले पोखरा विमानस्थलको सम्पूर्ण प्रक्रिया पुरा गरी काम थाल्नेको लागि १५ दिन समय मागेपछि विमानस्लल निर्माणको लागि दवाव दिन थालिएको आन्दोलन स्थगित गरिएको थियो । ऋणदाता चिनेको एक्जिम बैंकले सेप्टेम्बर २० भित्र सम्झौत गर्न भनेकोले त्यो भित्र नै प्रक्रिया पुरा गराउन दवाव दिन आन्दोलनको तयारी गरिएको हो । उक्त अन्तरक्रिया कार्यक्रमले सरकारलाई दवाव दिनका लागि लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुमन भट्टराईको अध्यक्षतामा लेखनाथ नगर स्तरिय विमानस्थल सरोकार समिति गठन गरिएको छ । समितिका सदस्यहरुमा जनप्रकाश वहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ऋषी वुढाथोकी, तमुधि लेखनाथका अध्यक्ष जङवहादुर गरुुङ, रोटरी क्लव अफ लेखनाथका अध्यक्ष राजेश भट्टराई, लेखनाथ जेसिजका अध्यक्ष विवेकलाल श्रेष्ठ, क्षेत्री समाज लेखनाथका अध्यक्ष ईन्द्रवहादुर थापा, पर्यटन व्यवसायी दामोदरभक्त थापा, सामुदायिक सेवा केन्द्र लेखनाथका महासचिव दयाराम तिवारी, लेखनाथ पत्रकार मञ्चका संयोजक भिमपाणी वराल, लेखनाथ शहकारी मञ्चका अध्यक्ष प्रशान्तराज धमला, महिला उद्यमी गितादेवी सुवेदी, आमा समुहवाट विमला थापा लेखनाथ सामुदायिक लायन्स अस्पतालका अध्यक्ष तिलकप्रसाद तिवारी, वेगनासताल वस व्यवसायी समितिका अध्यक्ष रविन्द्रमोहन अधिकारी रहनुभएको छ । भने समितिको सदस्य सचिवमा लेखनाथ उद्योग वाणिज्य संघका महासचिव वावुराम गिरीलाई चयन गरिएको छ । साथै समितिको सल्लाहकारमा लेखनाथ नगरपालिकाका नगरस्तरिय सम्पुर्ण राजनैतिक पाटीका प्रमुखहरु रहेका छन ।