भदौ २४ देखि लेखनाथ जेसीज सप्ताह
लेखनाथ२१भदौं
सामुदायीक विकासको क्षेत्रमा आयोजना गरिने जेसीज सप्ताह अन्तरगत लेखनाथ जेसीजले यहि भदौ २४ गते देखि यस बर्षको जेसीज सप्ताह सुरु गर्ने भएको छ । जेसीजको महत्व र उपयोगीताका वारेमा जनस्तर सम्म जानकारी दिने उदेश्यले हरेक वर्ष राखिने जेसीज सप्ताहका वारेमा शक्रवार राखिएको पत्रकार सम्मेलनमा लेखनाथ जेसीजका अध्यक्ष विवेकलाल श्रेष्ठले यहि भदौ २४ देखि ३० गते सम्म हुने कार्यक्रमका वारेमा जानकारी गराएका हुन् । यस वर्षको जेसीज सप्ताह अन्तरगत भदौ २४ गते उद्घाटन समारोह लेखनाथ ६ सहेले पाखामा रहेका बृद्ध बृद्धालाई फलफुल वितरण गरी सुरु गरिने भएको छ भने सप्ताहको दोस्रो दिन भदौं २५ गते लेखनाथ ३ को वुढिवजारमा खुल्ला रक्तदानको कार्यक्रम राखिएको छ । यसै गरी लेखनाथ जेसीस सप्ताहको तेस्रो दिन भदौं २६ गते दिपशिखा सामुदायीक पुस्तकालय भण्डारढिकमा चित्रकला प्रतियोगीता, चौथो दिन भदौं२७ गते नगरक्षेत्रको फोहोर व्यवस्थापन विषयक अन्तरक्रिया लेखनाथ उद्योगवाणिज्य संघमा राखिएको छ भने पाचौं दिन भदौ २८ गते पोखरा विश्व विद्यालयको सभा हलमा मुटुरोग विशेषज्ञ डा. नारायण गौतमको उपस्थितीमा मुटुरोगका सम्वन्धमा सचेतना मुलक कार्यक्रम राखिएको छ । त्यस्तै जेसिज सप्ताहको छैटौं दिन भदौ २९ गते विद्यार्थीहरुलाई केन्द्रीत गरि कञ्चनजंगा एकेडेमी शिसुवामा हाजिरी जवाफ प्रतियोगीता र समापन तथा पुरस्कार वितरण भदौं ३० गते डायमण्ड उच्च मा.वि.मा राखिएको छ । लेखनाथ जेसीजका अध्यक्ष विवेक लाल श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रमा जेसीज आस्था पाठ लेखनाथ जेसीजका उपाध्यक्ष रोशन अधिकारीले गर्नुभएको थियो । यसैगरी पत्रकार सम्मेलनका संयोजक शिवप्रसाद भण्डारीले स्वागत मन्तव्य, मुल संयोजक विनोद प्रसाद लामिछानेले कार्यक्रम माथी प्रकाश पार्नु भएको थियो, पूर्व अध्यक्ष ऋषिराम जमरकट्टेल, लेखनाथ पत्रकार मंञ्चका अध्यक्ष भिमपाणी बराल, बिग न्यूज साप्ताहिक पत्रिकाका सम्पादक नवराज सापकोटा लगायतले आफ्नो धारणा राख्नुभएको थियो भने महासचिव नगेन्द्रराज वरालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने धन्यवाद ज्ञापन निर्वतमान अध्यक्ष नविन प्रसाद वास्तोलालाले गर्नुभएको थियो ।