२० पौष लेखनाथ । कास्कीको भरतपोखरी ६ मा अवस्थित पर्यटकिय स्थल हुँडिकोटमा यस वर्ष वनभोज आउनेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । यस वर्षको शुरुमैं स्थानीय बरेली यूवा क्लबले प्रथम भरतपोखरी हुँडीकोट महोत्सव सम्पन्न गरेपछि यस किसिमको वृद्धि भएको दावि बरेली यूवा क्लबका अध्यक्ष सुजन क्षेत्रीले गरे ।
बरेली यूवाहरुको शुक्रवार पर्यटकिय स्थल हुँडीकोटमा आयोजित वनभोज तथा समिक्षात्मक कार्यक्रममा पर्यटकिय स्थल हुँडिकोटमा वनभोज आउनेको संख्यामा उल्लेख्य वृद्धि निष्कर्ष निकालिएको हो ।
कार्यक्रममा बोल्दै यूवाहरु परमेश्वर पौडेल, अम्मर बहादुर महत लगायतले खुर्वादी हुँडीकोट लिफ्टीङ्ग खानेपानी योजना सम्पन्न भएपछि पानीको समस्या टर्नु, चौध जिल्लाको दृश्यावलोकन गर्न पाइनु जस्ता कारणले यसरी वृद्धि भएकोमा जोड दिए ।
पर्यटकीय स्थल हुँडीकोटमा वनभोज आउनेहरुको संख्यामा वृद्धि भएपनि आवश्यक पूर्वाधार तयार नहुँदा पर्यटकहरुको संख्यामा खासै उल्लेख्य वृद्धि हुन नसकेकोले त्यस तर्फ ध्यान दिनुपर्ने कुरामा वक्ताहरुले जोड दिएका थिए ।
हुँडिकोटमा भरतपोखरीका विभिन्न ठाउँहरु साथै वरपरका छिमेकी गा.वि.स. र नगरपालिकाबाट समेत वनभोज आउनेक्रम बढेको पाइन्छ ।
पर्यटकिय स्थल हुँडिकोटमा वनभोज आउनेको संख्यामा उल्लेख्य वृद्धि